काठमाडौँ । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाए पनि संयुक्त राज्य अमेरिकाले यो मार्गबाट जहाजहरू आवतजावत गरिरहेको बताएको छ।
मध्यपूर्वमा अमेरिकी फौज हेर्ने यूएस सेन्ट्रल कमाण्ड ९सेन्टकम०ले यो जलमार्ग इरानको नियन्त्रण नरहेको बताएको हो। उसले नियमपूर्वक पार गर्न चाहने सबै जहाजका लागि होर्मुज जलमार्ग खुला रहने दाबी गरेको छ।
सेन्टकमले इरानले अनावश्यक आक्रोश देखाएको आरोप समेत लगाएको छ। यसअघि तेहरानले होर्मुज जलमार्ग भएर गइरहेका पानीजहाजमा हमला गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेको थियो।
इरानको इइस्लामिक रेभलुशनरी गार्ड कोर (आईआरीसी) ले अर्को सूचना जारी नभएसम्मका लागि उक्त जलमार्ग बन्द गरिएको जनाएको थियो।