सोमवार, श्रावण २५ गते २०८३

पूर्वाधार विकासमा अग्रसर व्यास नगरपालिका, सडकदेखि सिँचाइसम्मका योजना अघि बढाउँदै

सोमवार , आषाढ २९, २०८३

दमौली । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रमलाई तीव्रता दिएको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा स्तरोन्नति गरिने बताएका छन्। तिमीका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ। दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको तिमीले उल्लेख गरेका छन्।

दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्या समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने तिमीले बताएका छन्।

नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिने योजना रहेको छ। सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने तिमीको भनाइ छ।

कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने नीति लिएको छ। प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गरिने जनाइएको छ।

विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ। आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने १० लाख रुपैयाँभन्दा कम लागतका योजनामा तीन प्रतिशत मात्रै कन्टिन्जेन्सी कट्टा गरिने तिमीले जानकारी दिएका छन्। तिमीका अनुसार यस व्यवस्थाले स्थानीयस्तरका साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ।

सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ। साथै, नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गरिने नीति पनि अघि सारिएको छ।

सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य रहेको तिमीले बताएका छन्। तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी र बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’ नामकरण गरी सङ्घीय सरकारमार्फत निर्माण तथा विस्तारको कामलाई पूर्णता दिन पहल गरिने तिमीको भनाइ छ। रासस

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार