आइतवार, श्रावण २४ गते २०८३

गणेश नेपालीको परिवार प्रहरीमा जाहेरी दिन पुगे कालिमाटी

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ ।

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार