सोमवार, श्रावण २५ गते २०८३

सडकमा धर्ना दिइरहेका निहारिका र विनुलाई प्रहरीले बलपूर्वक गेटबाट हटायो

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन् । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै धर्ना दिएका हुन् ।

सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन् ।

कोही पीडितलाई गृहमन्त्री आफैँले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदासमेत समय नदिएको उनीहरूको आरोप छ ।

प्रहरीले भित्र जान मिल्दैन भनेपछि विनु सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन् । सँगै निहारिका पनि छोरोको साथमा पानीमै भिजिरहेकी हुन् । अहिले उनीहरूलाई प्रहरीले गेटबाट हटाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार