आइतवार, श्रावण २४ गते २०८३

२५ वर्षदेखि काम गरिरहेका करार कर्मचारी हटाउन खोजेपछि सिंहदरबारमा प्रदर्शन

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । लामो समयदेखि काम गरिरहेका करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयको विारेधमा पीडित कर्मचारीले विहिबार पनि सिंहदरबारमा प्रदर्शन गरेका छन् । 

उनीहरुले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । उनीहरु आज पनि काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

अहिले संघ सरकार मातहत करिब १४ हजार,  प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करिब २ लाख जनाले जागिर गुमाउने अवस्था छ । करार र ज्यालादारी गर्नेहरू कतिपयले २५ वर्षदेखि सेवा गरिरहेका छन् ।

Jyaladari-Karar-Karmachari-Protstes-9.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार