आइतवार, श्रावण २४ गते २०८३

यस वर्षको मदन पुरस्कार इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। यसवर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ। मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ। दुबै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ रहेको छ।
मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार