आइतवार, श्रावण २४ गते २०८३

शिक्षा नियमावलीको व्यवस्थाविरुद्ध परामर्श व्यवसायीहरु सडकमा

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले हालै जारी गरेको शिक्षा नियमावली, २०८३ को विरोधमा शैक्षिक परामर्श व्यवसायीहरु सडक आन्दोलनमा उत्रेका छन् । चरणवद्ध आन्दोलनको घोषणा गरेका उनीहरुले शुक्रबार पुतलीसडक र बागबजार क्षेत्रमा प्रदर्शन गरेका छन् । 

सबै भन्दा धेरै परामर्श दातृ संस्था पनि यही क्षेत्रमा रहेको छ । उनीहरुले प्लेकार्ड र ब्यानर बोकेर सडकको किनारामा उभिएर सांकेतिक विरोध गरेका हुन् । शिक्षा नियमावलीमा रहेको कतिपय व्यवस्थाहरु अव्यवहारिक रहेको उनीहरुको दाबी छ । 

परामर्श दातृ संस्था दर्ता गर्दा २५ लाख रुपियाँ रकम धरौटी राख्नुपर्ने, शाखा अनुसार थप रकम धरौटी राख्नुपर्ने लगायतका व्यवस्था अव्यवहारिक रहेको उनीहरुको दाबी छ । नेपाल शैक्षिक परामर्श संघ, महासंघ लगायत यस क्षेत्रसँग सम्बन्धित संस्थाका पदाधिकारी, पूर्व पदाधिकारीहरु समेत प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका छन् ।2.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार