काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बुद्धि नभएकाहरुले आफ्नो कार्यालयमा लागो लगाएको बताएका छन् । आगलागीबाट आफ्नो कार्यालयमा रहेको सम्पूर्ण अभिलेख नष्ट भएको पनि उनले बताए ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमम बोल्दै ओलीले बुद्धि नभएका तथा मष्तिष्क नभएकाहरुले आफ्नो पार्टीको कार्यालय र अन्य कार्यालयमा पनि आगो लगाएको बताए ।
आफ्नो पार्टी कार्यालयलाई बाढी र आगलागीले ध्वस्त बनाएको बताउँदै ओलीले भने, हामी पनि उस्तै कार्यालय नै यस्तो ठाउँमा राखेका छौ । त्यसैमाथि बुद्धि नभएका आगो लगाउने व्यक्ति र बाढी उस्तै हुँदोरहेछ ।