काठमाडौं । आफूहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा दिनुपर्ने माग गर्दै चिकित्शकहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।
आफूहरुको श्रम शोषण भएको भन्दै उनीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
श्रम ऐनअनुसार दैनिक १२ घण्टाभन्दा बढी ड्युटी नहुने र सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने माग उनीहरुले गरेका छन्।
चिकित्सकहरूले आठौँ तह सरहको तलब कार्यान्वयन र एमडी एमएस अध्ययनका लागि अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्न सरकारसँग माग गरेका छन्।