पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन । पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको छ।