आइतवार, श्रावण २४ गते २०८३

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृतिको मनोनयन सार्वजनिक गरेको छ।

गुठीका अनुसार पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेका थिए। तीमध्ये उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरिएको हो।

मनोनयनमा परेका कृतिहरूमा ‘अज्ञान’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास’ (रोशनकुमार झा), ‘नेपाल समुदायका परम्परागत मृत्युगीत’ (वीणा जोशी राजभण्डारी), ‘परिधि’ (उमा सुवेदी), ‘महायुग’ (सीमा आभास), ‘सलह’ (श्रवण मुकारुङ), ‘स्वप्नस्पर्श’ (डा. नवराज केसी) र ‘हिउँद’ (नदीशा) रहेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार