काठमाडौं। कोरोना भाइरसको औषधी विकाश गरेका एलियान्था ह्वाइटको कोरोना संक्रमणका काराण नै ज्यान गएको छ।
उनी श्रीलंकाका डाक्टर हुन्। उनले ६ महिनाअघि आफूले कोभिडको औषधी पत्ता लगाएको दावी गरेका थिए। त्यसपछि उनी श्रीलंकामा चर्चामा आएका थिए। उनले मह र जाइफल मिसाएर आर्युबेदिक औषधी तयार गरेका थिए।
उनको औषधीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयलेसमेत अनुमोदन गरेको थियो। त्यस्तै, उनको औषधीबाट भारतका खेलाडीको उपचार भएको दाबी गरिएको थियो।