शनिवार, कार्तिक ८ गते २०८३

जीवित कुमारीको दर्शन गर्न पुर्व राजा हनुमानढोका जाने

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाने भएका छन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।

कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।  कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार