काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री, त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष सस्मित पोखरेलबाट झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरिएको छ ।
यसअघि विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुग्दा मन्त्री पोखरेलविरुद्ध केहि युवाले नाराबाजी समेत गरेका थिए।