बिहिवार, आश्विन १५ गते २०८३

अदालतभित्रै गोली चल्यो, ग्याङस्टार गोगीसहित तीन जनाको मृत्यु

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। दिल्लीको एक अदालतमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ। दिल्लीस्थित रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको हो। फाइटमा गोली हानी ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ।

उक्त घटनामा गोगीसहित तीन जना मारिएको प्रहरीले जनाएको छ। गोली हानाहानमा अन्य ४ जना घाइते भएको जनाइएको छ।  रिपोर्टका अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय मिडियाका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए। उनीहरूले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली हानेका थिए। प्रहरीको स्पेशल सेलको जवाफी कारबाहीमा उनिहरु दुवै जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार