आइतवार, श्रावण २४ गते २०८३

ओपीडी बन्द गरिँदा अस्पतालमा बिरामीहरुको बिजोग (तस्बिरहरू)

मंगलवार , श्रावण १२, २०८३

youth-1024x683.jpg
undefined

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज (मंगलबार) देशभरका अधिकांश अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन्।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै संघले आन्दोलन गरेको जनाएको छ।

सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रभावित भएका छन्। काठमाडौंका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको देखिएको छ। धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन् भने कतिपयले आकस्मिक कक्षमार्फत सेवा लिन खोज्दा चाप बढेको छ।

चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएको छ। उता, सरकारले घटनाको छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

birami-1-1024x683.jpg
undefined
birami-line-scaled.jpg
undefined
hospital-line-1536x1023.jpg
undefined
hospital-side-1536x1020.jpg
undefined
hospital-side-1536x1020.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार