आइतवार, श्रावण २४ गते २०८३

नेपालमै पहिलो पटक एकैसाथ मुटुका तीनवटै भल्भको अपरेसन

बुधवार , श्रावण १३, २०८३

काठमाडौँ ।त्रिविको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भको एकैसाथ अपरेशन गरिएको छ।

कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागका प्रमुख प्राध्यापक डा अनिल भट्टराई नेतृत्वको टोलीले काठमाडौंका ५२ वर्षीय एक पुरुषको सफल शल्यक्रिया गरेको हो।

हामीले बिरामीका दुईवटा भल्भ फेरेका छौँ र एउटा भल्भ मर्मत गरेका छौं। अपरेसन सफल भएको छ र बिरामी घर गइसक्नुभएको छ। उहाँलाई सात दिन अस्पतालमा राख्नुपरेको थियो,ु डा। भट्टराईले भने, ुयो अपरेशन सफल भएसँगै हामी नेपालमै विश्वस्तरीय सेवा दिन सक्षम छौं भन्ने प्रमाणित भएको छ। हामीसँग त्यसअनुसारको जनशक्ति र प्रविधि पनि उपलब्ध छ।

डा। भट्टराईका अनुसार यो शल्यक्रिया काखीमा सानो प्वाल पारेर गरिने मिनिमली इनभेसिभ कार्डियाक सर्जरी  प्रविधिबाट गरिएको हो।

सामान्यतया यस्ता जटिल शल्यक्रिया गर्दा छातीको बीचभाग चिरेर गर्नुपर्ने हुन्छ। तर प्रा। डा। भट्टराई नेतृत्वको टोलीले काखीबाट सानो प्वाल बनाई उक्त प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो। डा। भट्टराई विगत केही वर्षदेखि यस प्रकारको शल्यक्रियाको नेतृत्व गर्दै आएका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार