काठमाडौं। व्यवसायी वसन्त चौधरीलाई हृदयघात भएको छ। हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको जनाइएको छ ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका चौधरीलाई शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ। पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका समाचारमा जनाइएको छ।