काठमाडौं। पाकिस्तान–चीन सीमास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोपछि बेपत्ता भएका अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको छ।
गिलगिट–बाल्टिस्तानको सूचना विभागका अनुसार उद्धार टोलीले गेइसको शवसँगै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पनि पहिचान गरेको छ।
तीनै जनाको शव हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ, जहाँ उनीहरूको औपचारिक पहिचान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसअघि पाकिस्तानको अल्पाइन क्लबले चारवटा शव फेला परेको जनाएको थियो। तर पछि आफ्नो विवरण सच्याउँदै दुईवटा शव र एउटा मानव शरीरको अंश मात्र फेला परेको स्पष्ट पारेको थियो।