बिहिवार, आश्विन १५ गते २०८३

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सको विजयी सुरुवात 

शनिवार , आश्विन ९, २०७८

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो। 

ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौंको जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए।

यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए। राजु रिजाल १९ रनमा अविजित रहे।
बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शन रह्यो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार