काठमाडौं। चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि आज जर्मनीमा आज आम निर्वाचन हुँदै छ। निर्वाचनमा समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने छ।
जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन्। तिनै सांसदहरुले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन्। तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।निर्वाचनको परिणाम आज नै आउने छ। जर्मनीमा १६ वर्ष सत्ता सन्चालन गरेकी मर्केल विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १० वर्षसम्म परेकी थिइन्। यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ।