आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस आधिकारिकता विवादको फैसला पुनरवलोकन निवेदन प्रधानन्याधीशसहितको इजलासमा

बिहिवार , श्रावण २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरवलोकनको निवेदन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको इजलासमा पेसी तोकिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टै निवेदन एकसाथ पेसी तोकिएको हो। अब यसअघिको फैसला पुनरवलोकन गर्ने कि नगर्ने भन्ने निर्णय प्रधानन्यायाधीश शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा तोकिएको छ। 

प्रधानन्यायाधीश शर्मासहितको अर्को इजलास पनि बिहीबारलाई तोकिएको छ। विनोद शर्मा र सुनिलकुमार पोखरेल रहेको इजलासमा बसेर अहिले सुनुवाइ अगाडि बढेको छ। यसपछि मात्रै अर्को इजलासमा प्रधानन्यायाधीश पुग्ने छन्। उक्त इजलासको पनि अन्तिममा मात्रै पेसी रहेकाले बिहीबार नै सुनुवाइ नहुने सम्भावना पनि छ। 

साउन ६ गते शेरबहादुर देउवा र १२ गते पुर्णबहादुर खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेर निवेदन दिएका छन्। 

नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय गत वैशाख ४ गते सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार