काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आजदेखि भौतिक रूपमा सञ्चालन हुने भएका छन्।
नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना महामारीका कारण वैशाखको दोस्रो साता बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका हुन्।
काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन्। भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने महानगरकोे भनाइ छ।
अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने तत्काल भौतिक कक्षा सञ्चालन गर्न वाध्य नपारिने महानगरले जनाएको छ।काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन्।