शनिवार, कार्तिक ८ गते २०८३

ढलमा खसेर कपनबाट हराएका बालकको शव ललितपुरमा फेला

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। गत असोज गते कपनबाट ढलमा खसेर हराएका बालकको शब ललितपुरमा फेला परेको छ। कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा मृत फेला परेका हुन्। 

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिए। उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन्। उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा रहेको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार