मंगलवार, श्रावण २६ गते २०८३

त्रिचन्द्रका बिद्यार्थीसङ्ग निर्वाचन आयोगको छलफल

सोमवार , श्रावण २५, २०८३

काठमाडौं । निर्वाचन आयोगले "निर्वाचन प्रणाली र यसका विविध पक्षहरू" विषयक अन्तर्क्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको छ।

छलफलमा आयोगका तर्फबाट निर्वाचन आयूक्त डा. जानकी कुमारी तुलाधर, निर्वाचन शिक्षा तथा तालिम शाखा प्रमुख उपसचिव कमल ज्ञवाली र सूचना अधिकारी  सुमन घिमिरेले बिद्यार्थीको प्रश्न र जिज्ञासाहरूको जवाफ दियका थिए ।

त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौंका स्नातक तहमा अध्ययनरत  राजनीति शास्त्रका विद्यार्थीहरूको सहभागीता थियो।

आयोगले  विशेषगरी युवा तथा पहिलोपटक मतदान गर्ने मतदातालाई लक्षित गरी 
निरन्तर निर्वाचन शिक्षामार्फत सचेत, सूचित र जिम्मेवार मतदाता निर्माण, गलत सूचना तथा भ्रम न्यूनीकरण, नागरिकको निर्वाचनप्रतिको विश्वास र सहभागिता वृद्धि तथा लोकतान्त्रिक संस्कारको सुदृढीकरण गर्ने उद्देश्य राखेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार