शनिवार, कार्तिक ८ गते २०८३

काभ्रेका इँटा व्यवसायी लामामाथि विराटनगरमा खुकुरी प्रहार 

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि विराटनगरमा खुकुरी प्रहार भएको छ। उनि खुकुरी प्रहारबाट घाइते भएका छन्। विराटनगरस्थित उच्च अदालतको गेटैमा उनिमाथि एक युवाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

खुकुरीप्रहार गर्ने विराटनगर-६ रामपुरका २५ वर्षीय बिमल कार्की रहेको प्रहरीले जनाएको छ। उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।

घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरी अनुसन्धान गरीरहेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार