काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका लागी कुल आचार्यले उम्मेदवारीको घोषणा गरेका छन्। आसन्न दशौं महाधिवेशनका लागि आचार्यले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताएका छन्। पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन्।
उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन्।
आचार्यले आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरेका छन्।