बिहिवार, आश्विन १५ गते २०८३

तालिबानले लगायो अफगानिस्तानमा यस्तो कडा नियम

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ। हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्नप्रतिबन्ध लगाइएको हो।

उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही हजामहरूले पनि आफूहरूलाई त्यस्तै निर्देशन दिइएको बताएका छन्। एक हजामले भने‚ ‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्।’ दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले हजामहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ।

उक्त निर्देशनले विगतमा जस्तै उक्त तालिवान कडा शासन फर्किएको संकेत गरेको छ। यद्यपि‚ तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार