मंगलवार, आश्विन १३ गते २०८३

देउवाको रिट अध्ययनका लागि राखियाे, दर्ता भएन

शुक्रवार , भाद्र ५, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस छुट्टाछुट्टै गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन ।

देउवा र खड्काले कांग्रेसको बिशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिले आगामी असोजमा आयोजना गराउन लागेको पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै  रिट दर्ता गएका हुन् ।

दिउँसो खाजा समय पछि पेस गरिएका छुट्टाछुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो । तर, अदालतको एक श्रोतका अनुसार रिट दर्ता नहुनुको कारण अर्कै छ । 

सर्वोच्च प्रशासनले रिट पेस गर्नेहरूलाई सोमबार आउन भनेको छ । देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्‍याएका थिए । देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवणकुमार थिए ।  रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार