मंगलवार, आश्विन १३ गते २०८३

चार दिनपछि बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित

शुक्रवार , भाद्र ५, २०८३

काठमाडौं । चार दिनपछि बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रस्तुत गरिन् ।

सभामा यो विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन राख्ने समय खुला भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार