काठमाडौं । भारतको पूर्वी तट नजिक बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज डुबेको छ । त्यसमा सवार २४ जना चालक दलका सदस्यको खोजी तथा उद्धार अभियान जारी छ ।
‘एमभी ओसन विनर’ नामको उक्त जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक गरी २४ जना सवार थिए ।
शनिबार राति जहाजसँग सम्पर्क विच्छेद भएपछि म्यारिटाइम रेस्क्यु कोअर्डिनेसन सेन्टर (एमआरसीसी) ले खोजी तथा उद्धार अभियान सुरु गरेको हो ।
जहाज सञ्चालन गर्ने कम्पनी भिक्ट्री स्टार ग्रुप कम्पनी लिमिटेडले उद्धारका लागि सहयोग मागेपछि भारतीय अधिकारीहरूले अभियान अघि बढाएका छन् ।