काठमाडौं। मानिसहरले धर्म र संस्कृतीको अनेकौँ परम्परालाई अंगाल्दै आएका छन्। मानिसहरु शिक्षित हुँदै जाँदा त्यस्ता कतिपय असजिला परम्परा भने छुट्दै गएका छन्। तर संसारमा यस्तो गाँउ छ जहाँ जुत्ता चप्पल लगाउन नपाइने परम्परा छ।
तर उक्त गाँउमा यो परम्परा भने मान्न र नमान्न छुट छैन। किन भने उक्त गाँउमा बस्ने हरेक मानिसहरुले उक्त परम्परालाई मान्नै पर्ने हुन्छ। आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ। यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ।
उता छिमेकी मुलुक भारतको एउटा गाउँमा जुत्ता चप्पल लगाउन बज्रित छ। गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन बन्देज छ। दक्षिण भारतीय राज्य तमिलनाडुमा रहेको कलिमायन गाउँ सायद संसारको एकमात्र त्यस्तो गाउँ हो जहाँ मानिसहरुले जुत्ता चप्पल लगाउन पाउँदैनन्।
यो गाउँमा युवा तथा प्रौढ र वृद्धावस्थाका मानिसहरुले त जुत्ता चप्पल लगाउँदैनन् नै। मानिसहरुका आफ्ना बालबालिकालाई समेत जुत्ता चप्पल लगाउन दिँदैनन्। यदि कसैले गल्तीले जुत्ता चप्पल लगाइहालेमा उसलाई कठोर सजायँ दिइन्छ। यतिसम्मकी गाउँका विद्यार्थीहरु पनि जुत्ता चप्पल नलगाइकनै स्कूल जान्छन्।
जुत्ता चप्पल लगाउन नदिनुको कारण भने उनिहरुको आश्था रहेको समाचारमा जनाइएको छ। गाउँलेहरुको आस्था तथा विश्वासका आधारमा टिकेको छ जुत्ता चप्पल नलगाउने परम्परा। उक्त गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामक देवताको पूजाआजा गर्दै आएका छन्।
अपाच्छी देवताले नै आफुहरुको रक्षा गर्ने उनीहरुको विश्वास छ। आफ्नो रक्षक देवताको पवित्रता तथा आस्थाकै कारण उनीहरुले गाउँको सीमानाभित्र जुत्ता चप्पल लगाउनमा बन्देज लगाएका हुन्। गाउँको सीमाभित्र जुत्ता चप्पल लगाउन नपाएपछि गाउँलेहरु सिमाना बाहिर चाहिँ जुत्ता चप्पल लगाउँदछन्।
गाँउका मानिस गाँउ छोडेर गए गाँउको सिमानासम्म हातमै जुत्ता चप्पल बोकेर जाने र गाउँको सीमा कटेपछि मात्र लगाउने गर्दछन्। त्यस्तै फर्किने बेलामा पनि सीमानामा आएर जुत्ता चप्पल फुकालेर बोक्ने गर्दछन्।
एजेन्सीको सहयोगमा