काठमाडौं। सोबार बुद्ध एयरका दुई विमानमा समस्या देखिएको छ। सोमबार विहान विराटनगरका लागी उडेको विमान विराटनगरमा ल्याण्ड गर्न नसकेपछि करिब दुई घण्टापछि काठमाडौंमा अवतरण भएको थियो।
फेरी विहान पोखराका लागी उडेको विमानमा पनि समस्या देखिएपछि काठमाडौंमै फर्कियो। ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको हो।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१-९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुन: पोखरा गएको छ। बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन्।