काठमाडौं। ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार आकासमै दुई घण्टा उडेको बुद्ध एयरको जहाज आज विहानैदेखी संद्धालनमा आएको छ। सोमबार काठमाडौंबाट विराटनगरका लागी गएको जहाज ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण नगरी काठमाडौं फर्केको थियो।
काठमाडौ. पुगेरपनि करिब १० फन्को लगाएपछि मात्रै सुरक्षित रुपमा अवतरण भएको थियो। बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको जनाएको छ।
बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको ’प्राइमरी इन्डिकेटर’मा समस्या देखिए पनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटि नभेटिएपछि जहाज संचालनमा ल्याइएको जनाइएको छ।
इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए।
सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को–पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’ मा राखिएको छ। यसैबीच सोमबार पोखरातर्फ उडेको बुद्धको ‘अल्फा जुलियट अक्सर’ एटीआर पनि उडानमा फर्काइएको छ ।