काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतहले सतर्कता तह पार गरेलगत्तै बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७:०२ बजे सूचना जारी गर्दै सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रमा रहनेहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।