शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजार मंगलबार पनि  ७० अंकको गिरावट, कारोबार रकम ५ अर्ब ७४ करोड

मंगलवार , आश्विन १२, २०७८

काठमाडौँ। केही दिनदेखी निरन्तर ओरालो लागेको शेयर बजार सोमबार सुधार हुन सकेन। सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५.४० विन्दुमा झर्यो। अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो। आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो। तर, अधिकांश समय बजार ओरालो लाग्यो। दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार