सोमवार, आश्विन १२ गते २०८३

राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् ।  उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।


राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर  अवलोकन गरेका थिए ।

त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार