सोमवार, आश्विन १२ गते २०८३

सोप्याङखोलामा पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ ।बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ ।

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार