शनिवार, कार्तिक ८ गते २०८३

दाउन्नेमा नौ घन्टादेखि सडकमा सवारी जाम, यात्रुलाई सास्ती

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। महेन्द्र राजमार्ग अन्तरगत दाउन्नेमा करिब ९ घण्टादेखी सवारी जाम हुँदा यात्रुले सास्ती भोग्नु परेको छ। दाउन्ने पहाडमा बिग्रिएको गाडी सडकबाट हटाउन नसक्दा करिब ९ घन्टादेखि राजमार्ग अवरुद्ध भएको छ।

दाउन्ने बजारदेखि पश्चिमतर्फ राजमार्ग भासिएको स्थानमा बिग्रिएको ट्रकका कारण बिहान ७ बजेदेखि सावारी ठप्प छन्। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको खण्ड नबनाएकोले त्यहाँ भैरहवाबाट आएको मालबहाक गाडी बिग्रिएर फसेको हो। राजमार्ग ठप्प हुँदा पूर्व–पश्चिम हिँडेका हजारौं गाडी दाउन्नेमा अलपत्र परेको प्रहरीको भनाइ छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार