काठमाडौं। औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ। क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको भन्दै बेच्न रोक लगाई बजार पठाइएका औषधी फिर्ता गर्न भनेको हो।
बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो। औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।