सोमवार, आश्विन १२ गते २०८३

बाढी प्रभावितलाई सहयोग आउने क्रम जारी,युएइले पठायो पाँचौ खेप

शनिवार , भाद्र २७, २०८३

काठमाडौं । भोटेकोशी हिमबाढी पिडितहरुको लागि संयुक्त अरब इमिरेट्स(युएइ)ले पठाएको पाँचौ चरणको राहत सहयोग नेपाल आइपुगेको छ ।

उक्त राहत सहयोग आज बिहान आइपुगेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले जानकारी दिए।पुनका अनुसार पाँचौ चरणको राहत सामग्रीहरु लिएर युएइबाट मिलिटरी हवाईजहाज बिहान नेपाल आइपुगेको हो ।

उक्त राहत सामग्रीमा उद्धारका लागि अत्यावश्यक उपकरण पनि सामेल छन् । नेपाल सरकारले नेपालका लागि युएइका राजदुत अब्दुल्ला सइद मुबारक जरवान अलसाम्सीबाट बुझिलिएको मन्त्री पुनले जानकारी दिए।


सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ पनि पुगेका थिए। निरन्तर सहयोगका लागि युएइ सरकारलाई आभार प्रकट गर्नुका साथै हाल भइरहेको उद्धारका बारेमा जानकारी उनले दिए ।

विपतमा नेपाललाई निरन्तर सघाउँदै आएकोमा युएइ सरकारलाई मन्त्री पुनले पनि धन्यवाद प्रकट गरे। 


यसैबीच, छिमेकी चीन सरकारले पठाएको पाँचौ चरणको राहत सामग्री पनि नेपाल आएको छ ।

उक्त राहत सामग्री गएराती नेपाल आइपुगेको मन्त्री पुनले अवगत गराए।जसमा विपत् क्षेत्रमा अत्यावश्यक उद्धार सामग्री रहेको छ । 


त्यस्तै, जर्मनी र लग्जेम्बर्गले युरोपीयन युनियनमार्फत नेपाल पठाएको राहत सामग्री पनि नेपाल आइपुगेको छ । इयूले यस अघि पनि घोषित राहत अनुदान रकम सरकारलाई बुझाइसकेको छ । 


उहाँका अनुसार सिंगापुर सरकारले बाढी पिडितहरुको लागि पठाएको उद्धार सामग्रीहरु पनि नेपाल आएको छ ।  यस बाहेक सिंगापुर बाट डिएन परिक्षण गर्न ३५ जनाको विज्ञ टोली नेपाल पठाएको थियो । जसले अहिले पनि शिक्षण अस्पतालमा काम सघाइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार