बिहिवार, आश्विन १५ गते २०८३

मेस्सी नहुँदा बार्सिलोना: पानी बिनाको माछा जस्तै, च्याम्पियन्स लिगमा लाग्यो गम्भीर धक्का

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा लगातार खराब प्रदर्शन जारी राखेको छ। समूह ई मा रहेको बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको हो।

बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० ले पराजित भएको हो। बेन्फिकाको जितमा नुनेजले (तेस्रो र ७९ औँ मिनेट) दुई गोल गरे। यस्तै फेरिएरा सिल्भाले ६९ औँ मिनेटमा गोल गरे।

बार्सिलोनाका गार्सिया ८७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए। सोही समूहको अर्को खेलमा बार्यन म्युनिखले डिनामो किएभलाई ५–० ले पराजित गरेको छ।

बुधबार राति भएका अरु खेलमा आरबी साल्जबर्गले लिलेलाई २–१ ले पराजित गर्दा वुल्फबर्ग र सेभिल्लाले १–१ को बराबरी खेलेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार