बिहिवार, आश्विन १५ गते २०८३

ईपीएलमा आज: काठमाडौं–चितवन र भैरहवा–ललितपुर भिड्दै

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)  क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्री जितको खोजीमा रहेको छ।

सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ। यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र ललितपुरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ। ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार