काठमाडौं । ई.पि.एस कोरिया शाखा ग्वार्काेले कोभिड–१९ वीमाको लागि वीमा कम्पनीहरु सुचीकृतका लागी सूचना जारी गरेको छ । भाषा पास गरी कोरिया जानका लागी गर्नुपर्ने भनिएको विमाको लागी शाखाले सुचना जारी गरेको हो ।
कोरोना महामारी सुरु भएयता कोरोनाको जोखिम देखाउँदै कोरिया रोजगारी पनि रोकिएको छ ।
लामो समय देखि अबरुद्ध भएको नेपाली श्रमिकहरु दक्षिण कोरिया लैजाने प्रक्रिया सुरु गर्न दक्षिण कोरियाले राखेका शर्तहरु नेपालले पालना गर्नको लागि आन्तरिक तयारी अगाडि बढाएको हो ।
कोरियाको शर्तअनुसार अनुसार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार अन्तर्गत ई.पि.एस कोरिया शाखा ग्वार्काे ललितपुरले कोभिड-१९ वीमाको लागि वीमा कम्पनीहरु सुचीकृत हुन आउने सम्बन्धि सूचना बिहिबार जारी गरेको हो ।
सुचना अनुसार रोजगार अनुमती प्रणाली (भ्एक्) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितिबाट १४ दिन सम्मको लागी ५ हजार डलर बराबरको कोभिड–१९ वीमा गराउनु पर्ने छ ।
तोकिए बमोजिमको वीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक वीमा कम्पनीहरुले मिति २०७८।०४।०७ गते भित्र वैदेशिक रोजगार विभाग, ई.पी.एस. कोरिया शाखामा सुचिकृतका लागि संस्था दर्ताको आधिकारीक कागजातको प्रतिलिपि सहितनिवेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको जनाएको छ ।
कोरोना महामारी सुरु भएपछि बनद भएको श्रमिकहरु लैजाने प्रक्रिया सुचारु गर्न कोरियाले १४ दिनको क्वारेन्टाइन खर्च र विमा नेपाल पक्षले बेहोर्नु पर्ने सर्त राखेको थियो । जसका कारण लामो समयसम्म कोरिया रोजगारी अलमलमा छ ।
सोहि सर्त अनुसार इपिएस शाखाले बिमा कम्पनीहरु छनौट सुरु गर्न थालेको इपिएस शाखाका प्रमुख इन्द्र गौतमले जानकारी दिए । साथै अन्य आन्तरिक तयारी पनि नेपाल पक्षले अगाडि बढाएको शाखाले जनाएको छ ।