काठमाडौं। राष्ट्रिय सभाको बैठक सारिएको छ। एमालेको विधान अधिवेशनसँग जुध्ने भएपछि बैठक सार्न लागेको संसद सचिवालयले जनाएको छ। अर्को बैठक असोज १८ गते सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गतेका लागि डाकिएको छ। नेकपा एमालेले ललितपुरको गोदावरीमा असोज १५-१६ र १७ गते विधान अधिवेशन गर्दैछ। एमालेका सांसदहरू अधिवेशनमा सहभागी हुनुपर्ने भएपछि राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको हो।
राष्ट्रिय सभाको बैठक असोज १७ गते १ बजेका बस्ने गरी यसअघि समय तोकिएको थियो। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना प्रकाशित गरेर विशेष कारणले बैठकको मिति सार्नुपरेको उल्लेख गरेका छन्।