सोमवार, आश्विन १२ गते २०८३

आगजनीपछि पुन: सञ्चालनमा भाटभटेनीको टंगाल स्टोर

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । गत वर्ष २४ भदौको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा आज सोमबारदेखि पुन: सञ्चालनमा आएको छ ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो स्टोर खुला गरिएको हो ।स्टोरको शुभारम्भ भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफैंले गरेका हुन् ।

सञ्चालक गुरुङका अनुसार आन्दोलनका क्रममा देशभरिका १२ वटा स्टोरमा क्षति पुगेको थियो । जसमध्ये टंगालसहित १० वटा स्टोर मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडा शाखाको पुनर्निर्माण अन्तिम चरणमा रहेकाले छिट्टै खुल्ने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार