सोमवार, आश्विन १२ गते २०८३

ट्राफिक प्रहरीसँग हर्न बजाएको विषयमा भएको वादविवादपछि चालकले बसभित्र आगो लगाए

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । आज त्रिपुरेश्वरमा बसभित्रै बसेर आगो लगाएका चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ । हर्न बजाएको विषयमा भएको वादविवादपछि उनले आक्रोशमा आएर बसभित्र आगो लगाएका हुन् ।

बिहान १० बजे त्रिपुरेश्वर चोकमा गाडीको हर्न बजाएको विषयमा विवाद भएको ऋद्दीसिद्दी यातायातका सञ्चालक तथा गाडी मालिक लव केसीले बताए । ट्राफिक प्रहरी कारबाही गर्न खोजेपछि चालकले प्रतिवाद गरेको उनको भनाइ छ ।

केसीले आफूसँग चालकले ट्राफिक प्रहरीले दुख दिएको भन्दै आत्महत्याको कुरा गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार