काठमाडौं। एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सले काठमाडौं किङ्सलाई तीन विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा चितवनले काठमाडौंलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।
बिहिबार भएको पहिलो खेलमा काठमाडौंले प्रस्तुत गरेको एक सय ४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। चितवनले आइतबारको पहिलो खेलमा विराटनगर वारियर्सलाई दुई विकेटले हराएको थियो।