सोमवार, आश्विन १२ गते २०८३

नेप्सेमा आजदेखि सेयर कारोबार पुनः सुचारु

मंगलवार , आश्विन ६, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको प्राविधिक समस्या समाधान भएसँगै आज ९मंगलबार० देखि सेयर कारोबार पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको डेटा सेन्टरका रूपमा रहेको ‘डेटा हब’ मा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बनेको प्रणाली समाधान भएको हो । समस्या समाधान भएसँगै आजदेखि पूर्ववत् रूपमा सेयर कारोबार सञ्चालन हुने नेप्सेले आधिकारिक सूचनामार्फत जानकारी दिएको छ ।

यसअघि ब्रोकर कम्पनीहरूका सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक गडबडी आएका कारण सोमबारको सम्पूर्ण नियमित सेयर कारोबार स्थगित गरिएको थियो ।

प्रणालीमा समस्या यथावत् रहँदा कारोबार गर्दा नेप्सेको मुख्य प्रणालीमा नै असर पर्न सक्ने जोखिम तथा स्टक ब्रोकर एसोसिएसनको आग्रहलाई मध्यनजर गर्दै सोमबार बजार बन्द गरिएको थियो ।

डेटा हबमा आएको प्राविधिक अवरोध पूर्ण रूपमा हटेको जानकारी प्राप्त भएपछि आजदेखि कारोबार पुनः सामान्य अवस्थामा फर्कने भएको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार