सोमवार, आश्विन १२ गते २०८३

नागरिकतासमेत नभएका चालकले अरुको लाइसेन्स देखाएर बस चलाउँदै आएको खुलासा

मंगलवार , आश्विन ६, २०८३

काठमाडौ । त्रिपुरेश्वरमा सोमबार बसमा आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुरका भएको खुलेको छ। 

काठमाडौँको त्रिपुरेश्वरमा सोमबार आफैँले बसमा आगो लगाउँदा मृत्यु भएका बस चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका अर्जनु दोङ भएको पुष्टी भएको हो। 

इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार बसमा आगो लगाउँदा ज्यान गुमाउने युवक सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ हुन्। इन्द्रसरोवर गाउँपालिका स्थायी घर भएका अर्जुनले काठमाडौँमै बस चलाएर परिवार पाल्दै आएका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार